शंकर पोखरेल

महासचिव, नेकपा एमाले

मेरो तर्फबाट

शंकर पोखरेल

महासचिव, नेकपा एमाले

देश विकासका लागि दूरदर्शी नेतृत्व, बलियो राजनीतिक शक्ति र राजनीतिक स्थायित्व प्रमुख शर्त हुन् । तर, २०७९ मङ्सिरमा सम्पन्न आम निर्वाचनले यि  चिज दिन सकेन । राजनीतिक अस्थिरता अझ बढायो । जसका कारण कुनै स्पष्ट दृष्टिकोण, गन्तव्य, योजना र कार्यक्रम होइन, फरक फरक विचारको महागठबन्धनले देशको नेतृत्व गर्ने अवस्था बन्यो । अहिले देश आर्थिक, सामाजिक र साँस्कृतिक चौतर्फी सङ्कटबाट गुज्रिरहेको छ । यसै कारण जनतामा राजनीतिप्रति वितृष्णा र भविष्यप्रति चरम निरासा बढ्दै गएको छ । जनतामा देखिएको यो वितृष्णा र निरासालाई आशामा बदल्नु जरूरी छ । देश निर्माणको स्पष्ट दृष्टिकोण, योजना र गन्तव्य हामीसँग छ भन्ने कुरालाई जनतासामु पुर्याई उज्ज्वल भविष्यप्रति आशा जगाउनु हाम्रो अहिलेको कर्तव्य हो । नेकपा (एमाले) मुलुकमा राजनीतिक अस्थिरता सिर्जना हुने कुनै पनि कदमका पक्षमा छैन । यतिबेला हाम्रो पार्टी २०८४ को आम निर्वाचनलाई लक्ष्य बनाई समग्र काम अगाडि बढाइरहेको छ । देश निर्माणका लागि स्पष्ट बहुमतको सरकार बनाउनु आवश्यक छ, त्यसका लागि नेकपा (एमाले) लाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नुपरेको छ । म सबै बामपन्थी तथा देशभक्त जनसमुदायलाई नेकपा (एमाले) को छातामुनि गोलबन्द भई देश निर्माणको अभियानमा सरिक हुन अनुरोध गर्दछु । नेकपा (एमाले) को ‘मिसन–२०८४, मिसन–५१प्रतिशत’ सफल पारी ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा जुट्न अपिल गर्दछु । 

समाचार

साउन ३१, २०८३

‘कम्युनिष्टहरु नयाँ योजनासहित सहकार्यका साथ अगाडि बढ्नुपर्छ’

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले कम्युनिस्ट पार्टीहरू आफ्नो आधारभूत वर्ग र समुदायबाट टाढिएको बताउनुभएको छ ।आइतबार काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहसमा बोल्दै महासचिव पोखरेलले वामपन्थी शक्तिहरू पूर्वाधार विकासमा बढी...

साउन २२, २०८३

‘वर्तमान सरकार एकसयदिन पुग्दा पूर्णरुपमा असफल भएको छ’

मन्थली । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकार एकसय दिन पुग्दा पूर्णरूपमा असफल भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल रामेछापद्वारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा सरकारले जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न नसकेको महासचिव पोखरेलले बताउनुभय...

साउन २०, २०८३

पार्टीमा युवा र आधारभूत वर्ग जोड्न ‘पुनर्गठन’ अनिवार्यः महासचिव पोखरेल

नेपालगन्ज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले निर्वाचनमा पार्टीले बेहोर्नुपरेको पराजयबारे खुला र गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताउनुभएको छ । बाँके जिल्ला कमिटी सचिवालयको बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नेतृत्वको औपचारिक मिलनले मात्रै चुनावी नतिजा नस...

मेरा विचार

बैशाख २९, २०८१

पूर्वाधार निर्माणमा राष्ट्रिय दृष्टिकोण जरुरी

योजनाबद्ध विकासका लागि योजना आयोगको भूमिका महत्वपूर्ण रहन्छ । तर, आवधिक योजना बनाउने सन्दर्भमा नेपालको राजनीतिक तथा प्रशासनिक संरचना अस्थिर प्रकृतिको छ । राष्ट्रिय योजना आयोगमा बस्ने स्थायी संरचना सबभन्दा अस्थिर छ । त्यहाँ जाने र त्यहाँ रहेका कर्मचारीले आफूलाई फाजिलमा र...

चैत १, २०८०

'नेपालमा पनि अमेरिका, बेलायत जस्तै दुई धारका दुई बलिया पार्टी हुनुपर्छ'

नेकपा एमालेका महासचिव शंकर पोखरेल वैचारिक हिसाबले तुलनात्मक रूपमा प्रखर नेता मानिन्छन्।कुनै बेला मदन भण्डारीसँग नजिक रहेर काम गरेका पोखरेल भण्डारीले सुरू गरेको जनताको बहुदलीय जनवादको राम्रो व्याख्याता समेत मानिन्छन्। २०७८ मंसिरमा चितवनमा भएको एमालेको दसौं महाधिवे...

पुस ६, २०८०

सिङ्गो मध्यपहाडलाई गुल्जार बनाउनु जरूरी छ

झुलाघाटदेखि चिवाभन्ज्याङसम्मको यात्राको अवधि १८ दिनको रह्यो । बैतडीको झुलाघाटबाट मंसिर १४ गते सुरु हुने यो यात्राको लागि धनगढीबाट सुरू भएको यात्रा समग्रमा २० दिनको रह्यो । यात्रामा हामीले ३० वटा जिल्लामा विभिन्न प्रकारका गतिविधिहरू सञ्चालन गयौँ । मध्यपहाडी राजमार्गको ...

सञ्चार

‘०८४ मा कांग्रेस र एमालेले कसैसँग चुनावी गठबन्धन गर्दैनन्’

२१ असार, काठमाडौं । दुई ठूला दल कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमति कार्यान्वयन हुनेमा धेरैको आशंका छ । उनीहरूका अनुसार सहमति अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री त बन्न सक्छन्, तर धेरै समय …

‘भारतबाट फर्केर प्रचण्डजीले कांग्रेससँग सहकार्यको प्रस्ताव गरेपछि हामी आफैं अघि बढ्यौं’

दुई ठूला दल कांग्रेस र एमालेले प्रतिनिधिसभाको बााकी कार्यकालभित्र आलोपालो सरकारको नेतृत्व गर्ने गरी सत्ता सहयात्राको सहमति जुटाएपछि मुलुकमा नयाँ राजनीतिक परिदृश्य देखा परेको छ । संविधान संशोधनको उद्देश्यसहित बनेको यस गठबन्धनले मुलुकलाई राजनीतिक स्थिरता दिने र आर्थिक...

नेम्वाङको निधन अपत्यारिलो र आकस्मिक : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले सुवासचन्द्र नेम्वाङको निधन अपत्यारिलो र आकस्मिक भएको बताएका छन् । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको एमाले उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको शोकस...

भिडियो ग्यालरी

महत्वपुर्ण लिंकहरु